|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेकी छन्। भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा नयाँ दिल्ली प्रस्थान गर्ने क्रममा राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती लगायतले विदाइ गरे।

राष्ट्रपति भण्डारी नेतृत्वको ३४ सदस्यीय टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु, संसदहरु तथा राष्ट्रपति पूत्री उषाकिरण भण्डारीलगायत सामेल छन्। राष्ट्रपतिले गत वर्ष नै भारत भ्रमण गर्ने तय भएको थियो।

तर, केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अन्तिम समयमा आएर भ्रमण रद्द गरेको थियो। राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै सरकारले सोमबार सार्वजनिक विदा दिएको छ। यस्तै राष्ट्रपति फर्किने दिन आगामी शुक्रबारका लागि पनि विदा दिइएको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मुखर्जीसहित उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नेछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.