|

गुल्मी : गएराति भएको आगलाीबाट गुल्मी सदरमुकाम तम्घासस्थित बसपार्क नजिकैको एक कच्ची घर जलेर नष्ट भएको छ।

स्थानीय घमानसिंह सुनारी मगरको घरमा आगो लागेको हो। विद्युत सर्ट भएर लागेको आगो नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए।

आगलागीबाट अन्नपात, लत्ताकपडासहित सम्पूर्ण सामान जल्दा करिब ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.