|

काठमाडौं : काठमाडौंमा पुन: स्वाइनफ्लूका बिरामी भेटिएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेढ साताअगाडि ज्वरो आएर भर्ना भएका ३० वर्षीय पुरुषमा परीक्षण गर्दा स्वाइनफ्लू भएको पुष्टि भएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए। उनले भने, 'डेढ हप्ता अगाडि ज्वरो आउनका साथै छाती दुखेर अस्पताल भर्ना भएका उक्त विरामीलाई परीक्षण गर्दा स्वाइन फ्लू भएको पाइएको छ।'

गत फागुनको पहिलो सातामा ज्वरो आएर अस्पताल पुगेका ५० वर्षका एक पुरुषमा स्वाइनफ्लूको भाइरस भएको पुष्टि  भएको तर यसपालि अस्पतालमै भर्ना भएर बसेका बिरामीमा स्वाइन फ्लू देखिएको डा. पुनले जानकारी दिए। स्वाइन फ्लू सरुवा रोग भएकाले एक अर्कामा छिट्टै सर्ने हुदाँ राजधानीवासीलाई सचेत रहन पनि डा. पुनले बताए।

'स्वाइन फ्लूको खतरा धेरै हुने यो समयमा भारतमा अहिले नयाँ प्रजातिको स्वाइन फ्लू फैलिरहेकाले नेपालमा पनि जोखिम बढिरहेको छ। अझ स्वाइनफ्लू हावाको माध्यमबाट छिट्टै एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले सचेत रहनुपर्छ।' डा. पुनले भने

खोकी लागिरहने, घाँटी खसखसाउने,१० दिनसम्म पनि कडा ज्वरो आए, बालबालिकामा ज्वरोसँगै वान्ता हुने, पखाला लाग्ने भएमा स्वाइनफ्लू भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिनेबितिक्कै जाँच गराउनुपर्ने डा। पुनले बताए। यस्तै, स्वाइनफ्लू सरुवा रोग एक अर्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क प्रयोग लगाउने, खोक्दा वा हाच्छ्यु गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने तथा झोल खानेकुरा खाने र स्वाइनफ्लूको शंका लागेमा बेलैमा चिकित्‍सककहाँ पुगेमा यसबाट सहजै  बच्‍न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.