|

काठमाडौं : विश्व रेकर्ड राख्ने उद्येश्य लिएर निर्माण थालिएको फिल्म 'जालो'को टिजर सार्वजनिक भएको छ।

लगातार २ घण्टासम्म छायांकन गरेर विश्व रेकर्ड राख्न लागिएको नेपाली फिल्म 'जालो'मा द्वन्द्व र गीतसंगीत समेत समावेश गरिएको छ।

'जालो'ले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन लागि प्रदर्शनको मिति कुर्नुपर्ने भएको छ। जसका लागि फिल्म हलमा रिलीज गर्नु अगाडि नै प्रिमियर शो गरी गिनिज बुकमा नाम लेखाउने निर्माण पक्षले जानकारी दिएको छ।

अराज केशवले निर्देशन गरेको 'जालो'लाई हरी लामाले छायांकन गरेका हुन्। फिल्मको निर्माण अराज केशव र मोहित मुनालले गरेका हुन्।

फिल्ममा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दास श्रेष्ठ, निराजन प्रधान, मुक्तराम आचार्य, भिष्म जोशी लगायतको अभिनय रहेको छ।

फिल्म जेठ १९ गतेबाट प्रर्दशन हुदैछ।

हेर्नुहोस् टिजर : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.