|

काठमाडौ : राजु गिरी प्रोडक्सन तथा शुभेच्छा थापा इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘खुकुरी कान्छी’ को सोमबार शुभ मुहूर्त गरिएको छ। काठमाडौंको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको हो।

नायिका शुभेच्छा थापा र खलनायक राजकुमार थापाले सो फिल्मको संवाद (डाइलग) बोलेर शुभ मुहूर्त गरिएको हो। नायिका थापाले यो फिल्म निर्माण गर्नेछिन् भने राजु गिरीले यसलाई निर्देशन गर्नेछन्। फिल्ममा अर्जुन श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सिर्जन बरालको नृत्य, रमेश हुमागाईंको छायांकन रहनेछ।

शुभेच्छा थापा, सुरज प्रजापति, राजकुमार थापा, गोपाल कुइँकेल पल्पसा डंगोल, कमल फुँयाल लगायतको अभिनय रहने निर्देशक राजु गिरीले बताएका छन्। फिल्ममा नायक, नायिका भने छनोट हुन बाँकी रहेको निर्देशक गिरीले बताए। निर्देशक गिरीले जानकारी दिएअनुसार फिल्म बैशाख १५ गतेबाट छायांकनमा जानेछ। यस फिल्मको कथा सरोज प्याकुरेलले लेखेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.