|

दाङ : गर्मी बढेसँगै दाङमा आँखाका बिरामीहरु बढेका छन्। राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा हाल बिरामीहरुको भीड लाग्ने गरेको छ। अस्पतालमा हाल दैनिक चार सय बढी बिरामीहरु आउने गरेका अस्पतालका नेत्र  विभागका अधिकृत शालिकराम गौतमले जानकारी दिए।

गर्मी यामसँगै आँखा चिलाउने बिजाउने, आँखा पाक्ने रोगका बिरामीहरु बढेको गौतमले बताए। अस्पतालमा अन्य दिनहरुमा दैनिक बिरामीहरु २ सय ५० देखि ३ सयसम्म आउने गरेकोमा हाल दैनिक बिरामीहरु बढेर ४ सय ५० सम्म बिरामीहरु आउने गरेका छन्। गर्मी यामसँगै संक्रमण बढी फैलने, सुख्खा मौसम, हावाहुरी र धुलोले गर्दा पनि आँखासम्बन्धी समस्याहरु बढी हुने उनले बताए।

त्यसैगरी, अस्पतालले आँखाको समस्या देखिनेबित्तिकै अस्पतालमा आउन पनि आम सर्वसाधारणलाई अनुरोध गरेको छ। त्यसैबीच अस्पतालले विशेषज्ञ सेवा सुरु गरेसँगै अन्य बिरामीहरु पनि बढेका छन्। अस्पतालले करिब २ करोड ८० लाख लागतमा आँखासम्बन्धी विभिन्न उपकरणहरु ल्याएर सेवा दिन सुरु गरेपछि विशेषज्ञ सेवा लिनेहरु पनि बढेको अस्पतालले जनाएको छ। यसअघि दाङमा सो सेवा नहुँदा यहाँका बिरामीहरु काडमाडौं, भैरवा लगायतका स्थानमा रिफर गर्नपर्ने समस्या थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.