|

काठमाडौं : जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले चालु आर्थिक वर्षको ९ महिनामा ४१ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। विभिन्‍न शिर्षकमा चालु आर्थिक वर्ष (२०७३-०७४) को ९ महिनाको अवधिमा ४१ लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख जगदिश कुमार ऐरले जानकारी दिए। उनले यस अवधिमा ७ हजार १ सय ४९ सवारी साधन कारबाहीमा परेको जानकारी दिए। 

अहिले संकलन भएको राजस्व गत आर्थिक वर्षको भन्दा बढी हो। गत आर्थिक वर्षमा १० हजार ६ सय ३१ सवारी साधन कारबाही पर्दा २९ लाख ८५ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको थियो। त्यस्तै आर्थिक वर्ष (२०७१-०७२) मा १४ लाख ७१ हजार ५ सय रुपैयाँ  राजस्व संकलन भएको थियो। 

यस वर्ष ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम तथा घरदैलो कार्यक्रममा क्रियाशिलता देखाएका कारण राजस्वमा वृद्धि भएको ऐरले बताए।

नौ महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकल चालक कारबाहीमा परेको उनले जानकारी दिए। ट्राफिक प्रमुख ऐरले जिल्लामा सबै सवारी चालकले ट्राफिक नियम कानुनको पालना गर्नुपर्ने बताए।

नियम अनुसार नचल्दा सवारी दुर्घटना बढ्ने भएकाले जनताकै ज्यान रक्षाको लागि चेकजाँच प्रभावकारी बनाइएको उनले बताए। चालु आर्थिक वर्षको ९ महिनामा ३६ दुर्घटनाबाट ६ जनाको ज्यान गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.