|
टर्कीमा राष्ट्रपतिको विजय सुनिश्‍चित भएपछि निस्किएको र्‍याली

एजेन्सी : टर्कीमा संविधान संशोधनको विषयलाई लिएर भएको जनमतसंग्रहमा राष्ट्रपति रेसेप तयिप इर्डोगानको पक्षमा मत खसेको छ। यस जनमतसंग्रहको ९९ प्रतिशत भन्दा बढी मत गणना भइसक्दा संविधान संशोधनको पक्षमा ५१ प्रतिशतभन्दा धेरै मत खस्‍यो।

संविधानमा नै राष्ट्रपतिको भूमिका परिवर्तनको लागि हुनेगरी संशोधन गर्नसक्ने राष्ट्रपतिलाई अधिकार दिइने :हुन्छ या हुँदैन् ?' भन्‍ने विषयलाई लिएर यस जनमतसङ्ग्रह भएको थियो। 
यस जनमतसङ्ग्रहमा मतदानको लागि पाँच करोड ५३ लाखभन्दा बढी नागरिक योग्य थिए।  

नयाँ संशोधनपछि राष्ट्रपति कसरी शक्तिशाली बन्‍नेछन् ?
  • राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुनेछ।
  • अधिकतम २ कार्यकालसम्म राष्ट्रपतिले शासन चलाउन पाउनेछन्।
  • राष्ट्रपतिले उपराष्ट्रपति, मन्त्री र विभिन्न निकायका प्रमुखहरु सोझै नियुक्त गर्न पाउनेछन्।
  • राष्ट्रपतिसँग न्यायालयमा हस्तक्षेप गर्नसक्ने शक्ति हुनेछ। संकटकाल लगाउन वा नलगाउने भन्‍ने विषयमा राष्ट्पतिले निर्णय गर्नेछन्।

जनमतसग्रह इर्डोगानको पक्षमा गएपछि टर्कीका संस्थापक नेता मुस्ताफा कमाल आतातुर्क र उनका उत्तराधिकारी इस्मेत इनोनुभन्दा पनि इर्डोगान शक्तिशाली हुने बताइएको छ।  टर्कीका विपक्षी नेताहरुले भने यस जनमतसङ्ग्रहको वैधानिकताको विषयमा प्रश्न उठाएका छन्।

यस जनमतसङ्ग्रहमा आफ्नो विजय भएपछि अत्यन्‍त उत्साहित भएका राष्ट्रपति इर्डोगानका समर्थकहरुले यस विजयबाट अर्को १२ वर्षसम्म राष्ट्रपति पदमा कायम रहने गरी इर्डोगानले संविधान परिवर्तन गर्न सक्ने बताएका छन्।

गत जुलाईमा राष्ट्रपति इर्डोगानमाथि सेनाले 'कु' गर्ने प्रयास गरेको थियो। सैन्य 'कु' असफल भएपछि राष्ट्रपतिले संविधान संशोधनका लागि जनमतसंग्रह घोषणा गरेका थिए।

राष्ट्रपति इर्डोगानले टर्कीमा मृत्युदण्डको सजाय पुनः कायम गर्नसक्ने गरी पनि जनमत सङ्ग्रह गर्ने बताउँदै आएका थिए। युरोपेली सङ्घले भने यस्तो व्यवस्था गरेमा टर्कीलाई सदस्यता दिनेबारेमा छलफल समाप्त हुने चेतावनी दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.