|

जनकपुरधाम : जनकपुरको  धनुषा सागर तथा गंगा सागर जोड्ने पुलमाथिबाट हामफाल्दा पोखरीमा डुबेर एकको मृत्यु भएको छ। 

जनकपुर उप–महानगरपालिकाको वडा नं. ५ स्थित यो पुलमाथिबाट हमाफाल्दा स्थानीय ४५ वर्षिया संजय राउतको मृत्यु भएको प्रहरीले जानकारी दियो। जनकपुर उप–महानगरपालिका वडा नं. ५ माली टोलका ४५ वर्षिया संजय राउत रहेको प्रहरीले जनाएको छ। साँझको समयमा रक्सी खाएर दुई जनाबीच आपसी खेलाँचीको क्रममा हाम फाल्दा राउतको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाम फाल्ने क्रममा दुई जनाले एकसाथ हाम फालेपनि अर्को व्यक्ति पौडी खेलेर बाहिर निस्केको तथा पौडी खेल्न नजानेका कारण राउतको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका राउतको शवलाई पोष्ट मार्टमाका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। यस विषयमा थप अनुसन्धान सुरु गरिएको धनुषाका प्रहरी उपरिक्षक लिलामणि आचार्यले जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.