|

पाँचथर : सुभाङमा बिष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते भएका छन्। ओढारमा आगो बालेर ताप्ने क्रममा साविक सुभाङ–२ का १७ वर्षीय लक्ष्मी राई र १५ वर्षीय सुजन राई बिस्फोटमा घाइते भएका हुन्।

यो बिस्फोटक पदार्थ १० वर्षे सशस्त्र द्वन्द्वमा छाडिएको हुनसक्ने अनुमान गरिएको छ। बाख्रा चराउन जंगल गएका उनीहरु पानी परेपछि ओढारमा पसेर आगो ताप्ने क्रममा बिस्फोटक पदार्थ पड्किएको थियो।

बिस्फोटबाट घाइतेहरुको पेट र खुट्टामा चोट लागेको छ। उनीहरुलाई थप उपचारका झापा रेफर गरिएको र अवस्था सामान्य रहेको परिवारको भनाइ छ। बिस्फोटपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी प्रमुख डिएसपी नकुल पोखरेलले घट्नास्थलमा टिनका टुक्रा भेटिएका कारण द्वन्द्व कालमा ओढारको खाडलमा विस्फोटक पदार्थ राखिएको र आगोले तातेर पड्किएको हुनसक्ने बताए। मुलुकलाई विगतमै बारुदी सुरुङ मुक्त घोषणा गरिएको भएपनि द्वन्द्वका क्रममा छोडिएका बिस्फोटक पदार्थको खोजी र निश्क्रिय पार्न काम हुन सकेको छैन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.