|

नवलपरासी : नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस गएराति ३ बजेतिर नवलपरासीको चोरमारा र अरुणखोला बीचको जंगलमा अनियन्त्रित भएर पल्टिएको हो।

त्यसक्रममा गम्भीर घाइते भएका बाँके बैदापुर- ४ का डिल्लीराज डाँगीको उपचारका क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

अन्य ५ जना घाइतेको भरतपुरमै उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.