|
Photo : Goal.com

इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्नै मुस्किल देखिएका बेला आर्सनलले मिडिल्सबर्गविरुद्ध कठिन जित दर्ता गरेको छ। मिडल्सबर्गको घरेलु मैदानमा गएराति भएको खेलमा पाहुना टोली आर्सनल २–१ ले विजयी भयो। उसको जितमा एलेक्सिस साञ्चेज र मेसुट ओजिलले १–१ गोल गरे।

४२औं मिनेटमा साञ्चेजको गोलबाट लिएको अग्रता ५०र्औ मिनेटमा अल्भारो नेग्रेदोले तोडे। त्यसपछि ७१औं मिनेटमा ओजिलले गरेको गोल निर्णयक बन्दा आर्सनलले महत्त्वपूर्ण तीन अंक बटुल्यो ।

जितपछि पनि आर्सनल ५७ अंकसहित छैटौं स्थानमा कायम छ। शीर्ष स्थानबाट क्रमशः चेल्सीले ७५, टोटनह्यामले ७१, लिभरपूलले ६६, म्यानचेस्टर सिटीले ६४ र म्यान्चेस्टर युनाइटेडले ६० अंक जोडेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.