|
प्रतीकात्मक फोटो

चितवन : जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा झण्डै १० हजार लिटर मदिरा नष्ट गरेको छ। प्रहरीको विभिन्न युनिटबाट सञ्चालित घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत एकैदिन कच्चा पदार्थसहित उक्त परिमाणको घरेलु मदिरा नष्ट गरेको चितवनका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । 
जिल्लास्थित प्रहरीको १० वटा युनिटले सोमबार दिनभर विभिन्न क्षेत्रमा अभियान चलाएको थियो। श्रेष्ठका अनुसार उक्त अभियानमा चितवनका विभिन्न क्षेत्रबाट मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ ७ हजार ६३० लिटर र तयारी घरेलु मदिरा २ हजार ७० लिटर बरामद गरी नष्ट गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरसहित नारायणगढ, चनौली, गीतानगर, भण्डारा, लोथर भोजाड, दिव्यनगर बछ्यौली, मुग्लिन क्षेत्रमा एकैचोटी मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको हो। 
निर्वाचन नजिकिएसँगै घरेलु मदिराको प्रयोग पनि बढ्न सक्ने भएकाले यसतर्फ समेत निगरानी गरिएको प्रहरीले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.