|

झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय तहको विकास निर्माणका लागि निर्वाचन अपरिहार्य भएका कारण निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन्।

झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा भइरहेको चुनावी सभामा उनले मधेसी दलहरुलाई निर्वाचनमा आउनका लागि आग्रह गरे। यो कुनै पार्टी विशेषको निर्वाचन होइन। स्थानीय तहको विकास निर्माणका लागि हुन लागेको निर्वाचन हो। त्यसैले निर्वाचन हुनेमा सबै ढुक्क रहनुस्, उनले भने।

सभामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र  पौडेल, महामन्त्री शशांक कोइरालासहित कांग्रेसका थुप्रै केन्द्रीय पदाधिकारीहरुको उपस्थिति छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.