|

चितवन : चितवन जिल्लाका केरा किसान बिमातर्फ आकर्षित भएका छन्। दुई वर्षदेखि सञ्चालन भएको बिमा कार्यक्रमअन्तरगत जिल्लाका २ सय १९ जना केरा किसानले बिमा गरिसकेको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए।

उनका अनुसार अन्य किसान पनि बिमाप्रति आकर्षित भएकाले बिमाको प्रक्रियामा रहेका छन्। सुरुको पहिलो वर्षमा बिमा गर्न आनाकानी गरेका व्यवसायीहरुले पछिल्लो वर्ष भने केही खुलेर बिमा गर्न थालेका छन्। संघका निवर्तमान अध्यक्ष यज्ञ सुवेदीको दुई महिनाअघि १ हजार ४ सय बोट केरा हावाहुरीले नष्ट गर्छ।

बिमा कार्यक्रममा सहभागी भएकाले अहिले आफ्नो केराको क्षतिपूर्ति आउने क्रममा रहेको उनले बताए। उनले ५५ विघामा केरा खेती लगाएका छन्। क्षतिको ९० प्रतिशतसम्म बिमाबाट रकम आउने भएपछि केरामा अहिले जोखिम कम छ। कृषि बिमामा सरकराले ७५ प्रतिशत प्रिमियम दिन्छ।

पछिल्लो समयमा  चितवन जिल्लामा २ सय विघामा केरा खेती बढेको छ। चितवन केरा उत्पादक संघका अनुसार अघिल्लो वर्ष २ हजार ४ सय बिघामा केरा खेती भएकोमा यो वर्ष क्षेत्रफल विस्तार भई २ हजार ६ सय २० विघा पुगेको हो। जिल्लामा १ अर्बको केराको कारोबार हुँदै आएको छ। जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा अझै कृषि बिमा भने सोचेअनुसार हुन सकेको छैन।

केरा खेतीतर्फ आकर्षण बढ्दै

संघका अध्यक्ष विष्णुहरि पन्त पछिल्लो समयमा केरा खेती गरिएको जमिन प्लाटिङमा गएकाले क्षेत्र विस्तार अझै आशातित हुन नसके पनि २ सय  विघा विस्तार हुनुलाई उपलधि मान्नुपर्ने बताउँछन्। ‘राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ, नत्र केरा खेती घट्दै जान सक्छ, अध्यक्ष पन्त भन्हछन्, आगामी वर्ष पनि क्षेत्र विस्तारको लक्ष्य प्लटिङले अवरोध गर्ने आशंका छं ।’

उनका अनुसार एकसय विघाभन्दा बढी केरा खेती भएको जमिन प्लटिङमा गएको छ। संघका अनुसार चितवनमा हाल ६ सय १५ जना केरा किसान छन्। गएको वर्ष चितवनमा ४६ हजार मेट्रिकटन केरा उत्पादन भएको छ।

जसबाट लगभग करिब रु १ अर्बको कारोबार भएको र कुल आम्दानी मात्रै रु २५ करोड भएको अध्यक्ष पन्त बताउँछन्। जिल्लामा बढी केरा खेती गर्नेमा संघका निवर्तमान अध्यक्ष यज्ञ सुवेदी छन्। उनले ५५ बिघामा केरा खेती गरेका छन्। वार्षिक आफूले २ करोडको कारोबार गर्ने गरेको सुवेदीले बताए।

उनले जिल्लामा ०६०÷०६२ बाट भने व्यावसायिक केरा खेती शुरु गर्नुभएको थियो। व्यवसायिकतामा जोड दिने मध्येमा अगाडि छन् सुवेदी। चितवन जिल्लाको रत्ननगर, पदमपुर, पिठ्वा, जुटपानी, चैनपुर, जगतपुर, मेघौली,ठिमुरा पछिल्लो समयमा केरा खेतीको पकेट क्षेत्र बन्दै गएको छ।

चितवनमा उद्योग वाणिज्य संघले २०६८ सालबाट सुरु गरेको एक गाउँ एक उत्पादन कार्यक्रमले केरा खेती ह्वात्तै बढेको हो। संघका कार्यकारी निर्देशक रसिक प्रधान उक्त कार्यक्रमले केरा खेती फस्टाउन निकै मद्दत गरेको अनुभव सुनाउँछन्।

यस्तै, रोग निरोधक टिस्युकल्चर प्रविधिबाट उतपादन गरिएका विरुवाहरुलाई सरकारले अनुदानमा उपलव्ध गराउन सके केरा आम्मनिर्भरतर्फ जान सक्ने केरा व्यवसायीको भनाइ छ। भारतीय केराले गर्दा नेपाली उत्पादनलाई समस्यामा पारेको केरा किसान जानकी सुवेदीको अनुभव छ ।

जिल्लामा २०४७ सालदेखि केरा खेती शुरु भएको थियो। २०५१ सालमा केही थपियो। २०५७ बाट केही व्यवसायिक खेती सुरु भएकोमा २०६२ सालदेखि संघ नै दर्ता भएर व्यावसायिक भयो। अहिले उत्पादित केरामध्ये ६० प्रतिशत जिल्लाबाहिर खपत हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.