|

  • रमेश रावल

कालिकोट : स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवार छान्न थालेका छन्। माओवादी केन्द्र र नेकपा (एमाले) ले जिल्ला केही गाउँपालिकामा उम्मेदवार छनोट गरेका छन्।

मंगलबारका दिन माओवादी केन्द्रले महावै गाउँपालिकाको प्रमुखमा सर्पराज सिंहलाई उम्मेदवार बनाएको छ। त्यस्तै, कालिका गाउँपालिकाको प्रमुखमा अनिल आचार्य र उपप्रमुखमा सुनपुरा रोकायालेलाई चयन गरको छ।

अन्य गाउँपालिका तथा नगरपालिकाको उम्मेदवार छनौट बुधबारसम्म सकिने माओवादी केन्द्रका जिल्ला इन्जार्ज जीवन बुढाले बताए। ‘हामीले दुई गाउँपालिकाको उम्मेदवार छनोट गरिसकेका छौं।’ उनले भने,‘अन्य गाउँपालिका र नगरपालिकाको उम्मेदवार बुधवारसम्म छनोट हुनेछन्।’

त्यस्तै, नेकपा एमालेले नरहरीनाथ गाउँपालिकाको प्रमुखमा धीरबहादुर विष्ट र पलाता गाउँपालिकाको प्रमुखमा धीरबहादुर बमलाई उम्मेदवार छनोट गरेको छ। अन्य गाउँपालिका र नगरपालिकाको उम्मेदवारका लागि प्रदेश कमिटीमा नाम सिफारिस पठाइएको प्रदेश एमालेका जिल्ला अध्यक्ष नगेन्द्र शाही (नेशनल)ले बताए। ‘दुई गाउँपालिकाको उम्मेदवार छनोट गरिसकेका छौं,’ उनले भने,‘अन्य गाउँपालिका र नगरपालिकाको प्रदेश कमिटीले टुङ्गो लगाउनेछ।’

नेपाली कांग्रेसमा उम्मेदवार छान्‍न सकस

नेपाली कांग्रेसले भने अहिलेसम्म कुनै पनि गाउँपालिका र नगरपालिकाको उम्मेदवार चयन गरेको छैन्। उम्मेदवारका आंकाक्षी धेरै भएका कारणले उम्मेदवार छान्न सकस परेको पार्टी स्रोतले जनाकारी दियो।  

उम्मेदवार छनोटका लागि गृहकार्यक भइरहेको र ३ दिनभित्र सबै गाउँपालिका तथा नगरपालिकाको उम्मेदवारको टुङ्गो लगाइने नेपाली कांग्रेस जिल्ला समितिका सदस्य मात्रिका सिंहले बताए। ‘ठुलो पार्टी भएका कारणले धेरै नेताहरुले आंकाक्षा देखाएका छन्,’ उनले भने,‘हामी छलफलको क्रममा छौं। २-३ दिनभित्र सबै गाउँपालिका र नगरपालिकाको उम्मेदवारको टुङ्गो लाग्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.