|

जनकपुरधाम : स्थानीय निर्वाचनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनकपुरमा मशाल जुलुस निकालेको छ। पूर्व निर्धारित विरोधका कार्यक्रम अनुरुप मोर्चाले मंगलबार साँझ निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर तनाव उत्पन्‍न भएको थियो।

मोर्चाले जनकपुरको मुरली चोकबाट निकालेको मशाल जुलुस तीरहूतीगा गाछी हुँदै रामचोक भएर जनकचोक जाने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा प्रहरीले मोर्चा कार्यकर्ताको हातबाट मसाल खोसेको थियो। 

केहीबेरको घम्सा-घम्सीपछि प्रहरीले आन्दोलनकारीलाई मसाल फिर्ता गर्‍यो। त्यसपछि आन्दोलनकारीहरु जनकचोकतर्फ लागेका थिए। जहाँ कोणसभा आयोजना गरियो। 

मशाल जुलुसलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध दल सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंह र तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले सम्बोधन गरे।

जुलसमा तमलोपाका सांसद् डा. विजय सिंह, सद्भावनाका लालकिशोर साह, विभा ठाकुर सहितका व्यक्तिहरुको उपस्थिति रहेको समाजवादी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.