गुजरायत लायन्स विरुद्धको खेलपछि गेलको रनसंख्या १० हजार ७४

|
Photo : timesofindia

एजेन्सी : टी-२० क्रिकेटमा वेस्ट इन्डिजका क्रिस गेल १० हजार रनको कोशेढुंगा पार गर्ने पहिलो खेलाडी बनेका छन्। उनले इन्डियन प्रिमियर लिगअन्तर्गत रोयल च्यालेन्जर्स बैङ्लोर (आरसीबी) का तर्फबाट गुजरात लायन्स विरुद्ध खेल्दै गर्दा १० हजार रनको कोशेढुंगा पार गरे।

टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने ३७ वर्षीय गेल यो खेल सुरु हुनअघि १० हजार रनको कोशेढुंगा पार गर्नबाट केवल ३ रनले पछि थिए। खेलमा उनले ३८ बलमा ७ छक्का र ५ चौका प्रहार गर्दै ७७ रन बटुले।  बसिल थम्पीले एलबिडब्ल्युको धरापमा पारेपछी गेलले मैदान छाडेका छन्।

तर गेलको वर्णन यत्तिमै सीमित छैन्। उनी सर्वाधिक १८ शतक तथा सर्वाधिक ६० शतक प्रहार गर्ने खेलाडी समेत हुन्। एकै खेलमा सर्वाधिक १ सय ७५ रन बनाउने किर्तिमान गेलकै नाममा छ। उनी सर्वाधिक चाडों अर्धशतक बनाउने खेलाडीको सुचीमा संयुक्त रुपमा पहिलो नम्बरमा छन्। मेलवर्नका तर्फबाट उनले बिग वास लिगमा १२ बलमा ५० रन बटुलेका थिए।

जमैकाका निकै कठोर हार्ड हिटर क्रिस गेल यस संस्करणको आईपीएल सुरु हुनअघि १० हजार रन बनाउनबाट ६३ रनले टाढा थिए। उनले सुरुवाती ३ खेलमा ३२,६ र २२ रनमात्रै बनाउन सके। कमजोर प्रदर्शनका कारण उनी २ खेलमा टोलीमा परेनन्। जसका कारण उनले १० हजार रनको कोशेढुंगा पार गर्न गुजरात लायन्स विरुद्धको खेल कुर्नुपर्‍यो।

गेल अझै लामो समयसम्म टी-२० खेलमा १० हजार रन कटाउने एक्लो ब्याट्सम्यान रहनेछन्। अन्य कुनै पनि खेलाडीले ८ हजार रन समेत पुर्‍याउन सकेका छैनन्।उनी ३ फर्म्याटमा १० हजारभन्दा बढी रन स्कोर गर्ने एक्लो खेलाडी समेत बनेका छन्। यसअघि नै उनले 'फस्ट क्लास' र 'लिस्ट ए' मा यो कोशेढुंगा पार गरिसकेका छन्।

यसअघि एकदिवसीय खेलमा १० हजार रनको कोशेढुंगा पार गर्ने पहिलो खेलाडी सचिन तेन्दुलकर बनेका थिए। उनले सन् २००१ मा इन्दोरमा भएको खेलमा १० हजार रनको कोशेढुंगा पार गरे। त्यस्तै अहमदावादमा पाकिस्तान विरुद्धको खेलमार्फत सन् १९८७ मा सुनिल गावास्करले टेस्ट क्रिकेटमा १० हजार रनको कोशेढुंगा पार गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.