२२ वर्ष देखि निरन्तर इंग्लिस क्लब आर्सनलको प्रशिक्षक रहँदै आएका फ्रेन्च लिजेन्ड आर्सेने वेंगरले जारी सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका छन्। ...

नाटकीय खेलमा बार्यन म्युनिखलाई पराजित गर्दै साविकको विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।
क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले क्वार्टरफाइनलको दोस्रो लेगमा रियल ४-२ ले विजयी भयो। पहिलो लेग २-१ ले जितेको रियल समग्रमा ६-३ ले अघि रहँदै सेमीफाइनलमा प्रवेश गरेको हो।
रोबर्ट लेवान्दोस्कीको पेनाल्टी र सर्जियो रामोसको आत्मघाती गोलको मद्दतले पाहुना टोली बार्यन निर्धारित समयमा २-१ ले अघि थियो। रियलका लागि १ गोल रोनाल्डोले गरेका थिए।
८४औं मिनेटमा अर्टुरो भिडाल दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए पछि बार्यन १० खेलाडीमा सिमित भयो, जसको असर अतिरिक्त समयको खेलमा पर्यो।
अतिरिक्त समयमा ७ मिनेट भित्र रियलले ३ गोल थप्यो। १०५ र ११०औं मिनेटमा रोनाल्डो तथा ११२औं मिनेटमा मार्को एसेन्सोले गोल गरे। यो नतिजाले रियललाई पुन: एकपटक उपाधितर्फ अघि बढाएको छ।
निर्धारित समयमा पछि परेको टोलीले अतिरिक्त समयमा ७ मिनेटभित्रै ३ गोल गर्दा खेल नाटकीय बन्न पुग्यो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।