|
सुप्रीम कोर्टले मुद्दा चलाएका बिजेपी नेताहरु क्रमश: उमा भारती, लालकृष्ण आडवाणी र मुरलीमनोहर जोशी, फोटो: पीटीआइ

भारतको सुप्रीम कोर्टले अयोध्याको बाबरी मस्जिद भत्काउन षड्यन्त्र गरेको आरोपमा भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी लगायत १३ नेताविरुद्ध मुद्दा चलाउने निर्णय गरेको बीबीसीले लेखेको छ।

सन् १९९२ मा भएको बाबरी मस्जिद काण्डमा आडवाणीका अलवा सत्तासीन भारतीय जनता पार्टीका वरिष्ठ नेता मुरली मनोहर जोशी, कल्याण सिंह र मोदी सरकारकी केन्द्रीय मन्त्री उमा भारतीसमेत छन्।

सुप्रीम कोर्टले मुद्दाको सुनुवाइ हरेक दिन हुने र मुद्दा टुंगो नलागेसम्म सुनुवाइमा संलग्न न्यायाधिशको सरुवा नहुने बताएको छ।

६ डिसेम्बर १९९२ मा अयोध्यास्थित बाबरी मस्जिद भत्काउन उक्साउने भाषण गरेको, षडयन्त्र रचेको, पत्रकारहरुमाथि आक्रमण गरेको लगायतका विषयमा वर्षौंदेखि दर्जनौं मुद्दा अदालतमा विचाराधीन थिए।

यसमध्ये केही मुद्दा लखनउ अदालतमा चलिरहेका छन् भने ८ मुद्दा रायवरेलीको अदालतमा चलिरहेका थिए। अहिले मुद्दा चलाइएका १३ जनामध्ये केही आरोपितमाथि भने यसअघि मुद्दा चलेको थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.