खेलकुद

शरदको टोली विराटनगर किंग्स डीपीएलको फाइनलमा, रुपन्देही पराजित
SHARES

Photo : DPL Facebook Page
बैशाख ६, २०७४

    काठमाडौं : शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स धनगढीमा जारी धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ।

    बुधबार सम्पन्न पहिलो क्वालिफायरमा शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेञ्जर्सलाई २९ रनले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो। १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही निर्धारित २० ओभरमा ९९ रन  जोड्दा अलआउट भयो।

    रुपन्देहीलाई लक्ष्य भेट्न नदिने क्रममा सुशील कंडेलले ४, सन्दीप लामिछानेले २ तथा पवन सर्राफ, जितेन्द्र मुखिया, दीपेन्द्र ऐरी र प्रकाश विष्टले १-१ विकेट लिए। रुपन्देहीका लागि विक्रम शोबले २३ र पुष्प थापाले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    यसअघि आशिफ शेखको ३६, शरद भेषावकरले २४, पवन शर्राफले १५, दीपेन्द्र ऐरीले १३ र अमित श्रेष्ठले १० रन जोडे। शक्ति गौचनले ३ र दिपेश श्रेष्ठले २ विकेट लिए।

    पराजयका बावजुद पनि रुपन्देहीले फाइनल प्रवेशको अर्को मौका पाउनेछ। उसले दोस्रो क्वालिफाइरमा धनगढी टीम चौराहा र काठमाडौं गोल्डेन्सबीचको एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]