विश्व

उत्तर प्रदेशका मुख्यमन्त्री बनेपछिको योगी आदित्यनाथको पहिलो महिना, के के गरे योगीले?
SHARES

बैशाख ६, २०७४

    बुधबार योगी आदित्यनाथले भारतको उत्तर प्रदेशको मुख्यमन्त्री सम्हालेको एक महिना पूरा भएको छ। उनले यसबीचमा केही महत्त्वपूर्ण निर्णय गरेका छन्। जस्तो कि कृषक ऋणको विषय, निजी विद्यालयमा स्कुल फिको विषय आदि। योगीले भाजपाको विकास र हिन्दुत्वको एजेण्डालाई सन्तुलित तवरले अगाडि सारिरहेका देखिन्छ।

    योगी आदित्यनाथले मुख्यमन्त्री सम्हालेयताका उनका केही महत्त्वपूर्ण निर्णय यसप्रकार छन्।
     
    १) अवैध बधशालामाथि प्रतिबन्ध

    अवैध बधशालामाथि प्रतिबन्ध लगाउने भाजपाको घोषणापत्रको मुख्य एजेण्डालाई मुख्यमन्त्री योगी आदित्यनाथले कार्यान्वयन गर्न सुरु गरे। उनले मुख्यमन्त्री सम्हालेलगत्तै अलाहवाद र यस राज्यका अन्य स्थानमा रहेका अवैध तवरले सञ्चालित बधशाला सिल गरिदिए।

    यसैको अनुसरण गर्दै धेरै भाजपाले शासन गरिरहेका राज्यमा अवैध बधशालामाथि प्रतिबन्ध लगाउन थालिएको छ।

    २) कृषक ऋणमा सहजता

    मुख्यमन्त्री योगी आदित्यनाथले सो राज्यमा रहेका साना र सीमान्तकृत किसानलाई सहुलियतपूर्ण ऋणमा वृद्धि गरेर ३६ हजार ३५९ करोड पुर्‍याएका छन्। सो राज्यका लागि यो महत्त्वपूर्ण निर्णय हो।

    ३) ‘एन्टी–रोमियो’ समूहहरू निर्माण

    लखनऊ क्षेत्रमा महिलामाथि हुने दुव्र्यवहार रोक्नका लागि लखनऊका ११ जिल्लामा एन्टी–रोमियो समूहहरु निर्माण गरिएको छ। हरियाणामा ‘अपरेसन दुर्गा’ नामक सुरक्षा समूह बनाइएको छ।

    ४) भीआईपी संस्कृतिको अन्त्य

    आदित्यनाथले उनका मन्त्रीपरिषद्का सबै सदस्यलाई गाडीमा साइरन र रातो बत्ती प्रयोग नगर्न अनुरोध गरेका छन्।

    ५) सबैका लागि विद्युत

    मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका सबै ग्रामीण बस्तीमा नियमित विद्युत आपूर्तिको वाचा गरेका छन्। कम्तीमा १८ घण्टा विद्युत आपूर्ति गरिने घोषणा पनि गरेका छन् उनले।

    ६) सरकारी निकाय र संस्थानमा सुर्तीजन्य पदार्थ प्रयोगमा प्रतिबन्ध

    सुर्तीजन्य पदार्थ, जस्तैः पान मसला, गुट्खा आदिको प्रयोग सरकारी कार्यालय, अस्पत्ताल र विद्यालयहरुमा प्रतिबन्ध लगाएका छन्।

    ७) भ्रष्टाचारमुक्त शासनको प्रत्याभूति

    उनका मन्त्रीहरूलाई उनीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न र सम्पत्तिको बिस्तृत विवरण मुख्यमन्त्रीको सचिवालय र भाजपा कार्यालयमा पेस गर्न निर्देशन दिएका छन्, जसका कारण भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति आमजनतामा हुन सकोस्।

    उनले मन्त्रीहरूलाई पाँच हजार रुपैयाँ भन्दा बढीको उपहार लिन प्रतिबन्ध लगाएका छन् भने व्यापारी र व्यवसायीहरूसँग दूरी राख्न भनेका छन्।

    ८) सामाजिक नेताको जन्मजयन्तीमा बिदा कटौती

    योगी आदित्यनाथले कार्यसंस्कृतिमा आमूल परिवर्तन ल्याउन चाहेका देखिन्छ। उनले ठूला नेताको नाममा दिइने सार्वजनिक बिदालाई कटौती गर्ने निर्णय गरेका छन्। पूर्ववर्ती अखिलेश यादव सरकारले ठूला नेताका नाममा वर्षमा ३० भन्दा बढी बिदा दिने निर्णय गरेको थियो, जसका कारण कार्यालयहरूमा कर्मचारीलाई कामको बढी तनाव हुने गर्दथ्यो, धेरै दिन विद्यालय र कलेजहरूमा असर पर्दथ्यो।

    ९) कर्मचारीतन्त्रमा राजनीतिमा नियन्त्रण

    आदित्यनाथले कर्मचारीतन्त्रमा राजनीतिलाई न्यूनीकरण गर्ने निर्णय गरेका छन्। यसबाट राज्यमा सेवा प्रवाहीकरणमा सहज हुने उनको विश्वास छ।

    १०) तीन पटकको तलाकमा कडा अडान

    आदित्यनाथको भरखरैको तीन पटकको तलाकबारेको निर्णयले राज्यमा सकारात्मक सन्देश दिएको छ। उनले भनेका थिए कि जो चुप रहन्छ, ऊ पनि समान रूपले यस्तो पुरातन कुप्रथाको प्रचलनका लागि दोषी ठहर्छ। मुख्यमन्त्री आदित्यनाथको सो निर्णयपछि धेरै मुस्लिम नेता तथा जनता उनको पछाडि हिँडे।
    (भारतबाट प्रकाशन हुने ‘दि टाइम्स अफ इण्डिया’बाट)

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]