|

ललितपुर : यातायात व्यवस्था विभागले राजस्व दाखिलामा व्यापक अनियमितता गरेको आरोप लगाउँदै ५ कर्मचारीलाई निलम्बन गरेको छ। यातायात व्यवस्था कार्यालय कोसीका कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल एवम् नायब सुब्बा टीकाप्रसाद बाँस्तोलालाई निलम्बन गरेको विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले निजामती सेवा ऐनअनुसार आज सचिवस्तरीय निर्णय गरी राजस्व दाखिलामा अनियमितता गरेको प्रारम्भिक अनुसन्धानबाट प्रमाणित भएपछि निलम्बन प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ । 

यससम्बन्धी थप अनुसन्धानका लागि आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई  पत्र पठाइएको पनि उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.