|

 

अहो! समयले यो कस्तो चेहेरा थमाइदियो
पहिले स्वतन्त्र थिएँ घेरा थमाइदियो

 

यो समय परिवर्तनको समय हो भनेर
सर्पकै हातमा कसैले सपेरा थमाइदियो

 

कुनै तस्बीरमा म तिमीसँगै हुन सकिनँ
जहिल्यै समयले मलाई क्यामेरा थमाइदियो

 

मैले नि जिन्दगी उसको घरमा राखिदिएँ
जब घरवालाले मलाई डेरा थमाइदियो

 

खुट्टाहरू सचेत हुन जरुरी देखेको छु
कसैको हातमा कसैले केरा थमाइदियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.