|

काठमाडौं:  एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनमार्फत आफ्नो व्यावसायिक योजना सार्वजनिक गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा अबका दिनमा निक्षेप वृद्धि, कर्जा वृद्धि तथा शाखा सञ्जाल बिस्तार गर्ने योजना समावेश छ।

बैंकले निक्षेप वृद्धि गर्नको लागि हालै सार्वजनिक गरिएको समुन्‍नती बचत खातालाई प्राथमिकता दिएको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिजालले जारी गरेको प्रतिवेदनमा लेखिएको छ,'८∞ ब्याजदर बैंकिङ क्षेत्रकै बचत खातामा प्रदान गरिरहेको ब्याजमा उच्च ब्याजदर रहेको छ। यसमा विभिन्‍न आकर्षक सुविधा प्रदान गरिएको छ। साथै बैंकले कुल निक्षेपमा व्यक्तिगत निक्षेपको मिश्रणलाई क्रमिक रुपमा सुधारदै लैजाने नीति अपनाएको छ।'

ग्राहकलाई अधिकतम सुविधा र गुणस्तरीय सेवा प्रदान गर्दै बचत खाताका लागि प्रोत्साहन गर्न यस्तो नीति ल्याएको बैंकले जनाएको छ। एनआईसी बैंकले राष्ट्र बैंक नीति अनुसार कृषि तथा उर्जामा कर्जा बिस्तार गर्ने योजना बनाएको छ। त्यस्तै विपन्‍न कर्जा बिस्तार कार्यक्रमलाई पनि प्राथमिकता दिइएको प्रतिवेदनमा उल्लेख छ।

बैंकलाई क्षेत्रीय अवधारणा अनुसार अघि बढाउने योजना पनि एनआईसीले अघि सारेको छ। बैंकले चालू आर्थिक वर्षमा थप २४ वटा बैंक शाखा विस्तार गरी १२७ शाखाबाट सेवा विस्तार गर्ने योजना बनाएको छ। त्यस्तै ५० वटा एटिएम शाखा खोल्ने योजना बैंकको छ।

केछ वित्तीय स्थिति?

बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले बैंकका वित्तीय स्थिती सन्तोषजनक रहेको बताएका छन्। हालसम्म बैंकको चुक्ता पुजी ६ अर्ब ३५ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

तेस्रो त्रैमासीक प्रतिवेदन अनुसार बैंकको जगेडा कोषमा रकम उल्लेख्य वृद्धि भएको छ। बैंकको जारी रहेको हकप्रद शेयर (१५ प्रतिशत) को रकमको संकलन चैत्र मसान्त सम्ममा ५३ करोड ९१ लाख चुक्ता पूँजीमा समायोजन गरिएको छ। बैंकको तरलता अनुपात २३.६६ प्रतिशत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.