|

काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल अर्थात् वाइसिएलले नेपालले स्थानीय तह निर्वाचनका लागि विशेष दस्ता निर्माण गरेको छ।बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न वाइसिएल केन्द्रीय कार्यालय टिमको बैठकमा १५ सय ५५ सदस्य रहेको निर्वाचन विशेष दस्ता निर्माण गरिएको उपाध्यक्ष शिव फुँयालले जानकारी दिए।

एक वुथमा सयजना सदस्य खटाउने उद्देश्यका साथ यस्तो विशेष दस्ता गठन गरिएको उनले बताए। केन्द्रीय कार्यालयको बैठकले वैशाख ९ गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ। वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन सफल पार्नका लागि सबैजना गाउँकेन्द्रित हुनुपरेका कारण सम्मेलन स्थगित गरिएको उपाध्यक्ष फुँयालले बताए।

अहिले वाइसिएलका सबै नेता कार्याकर्ता गाउँकेन्द्रित भएका छन् उनले भने–चुनाव सफल पार्न लाग्नुपरेका कारण सम्मेलन स्थगित गरिएको हो। बैठकले स्थानीय तह निर्वाचनमा युवा उम्मेदवारलाई अवसर दिन सबै दललाई आग्रह गरेको छ। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई आत्मसाथ गर्नसक्ने क्षमता युवामा मात्र रहेको भन्दै युवालाई नेतृत्व दिन आग्रह गरिएको वाइसिएलले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.