|

चितवन: सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय पुनर्विचार गर्न मधेसवादी दलहरूलाई आग्रह गरेको छ।

पार्टी अध्यक्ष एवम् उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुनर्विचार गर्न मधेसकेन्द्रित दलहरूलाई आग्रह गरेका हुन्। बुधबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न सरकारले संविधान संशोधनका लागि नयाँ प्रस्ताव ल्याउनुपरेको पनि उल्लेख गरे। 

उपप्रधानमन्त्री थापाले स्थानीय तहको निर्वाचनमा जनतालाई भोट हाल्ने पाउने अधिकारबाट कसैले बञ्चित गर्न नहुने पनि स्पष्ट पारे।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले मधेसी नेताहरूलाई सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन गराउन पार्टीले अझै पहल गर्ने बताए। उनले हिन्दु राष्ट्रको पक्षमा सिंगो मुलुक रहेको जिकीर पनि गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगलाई दवाब पनि दिँदै आएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.