|

इलाम : नेकपा एमालेले आगामी वैशाख ३१ गतेको स्थानिय तहको लागी इलाम र देउमाइ नगरपालिकामा मेयरका उम्मेदवारको टुंगो लगाएको छ। एमालेले इलाम नगरपालिकामा महेश बस्‍नेत र देउमाइमा सूर्य पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको हो।

उप-मेयरमा देउमाइबाट पविमाया गुरुङको नाम सर्वसम्मत सिफारिस भएको छ। इलाम नगरपालिकामा उप-मेयरमा ३ जनाको नाम आएकाले प्रदेशमा पठाइएको छ। माङसेवुङ गाँउपालिकामा हेमन्त राईलाई प्रमुख र सुनिता योङहाङ्गलाई उपप्रमुख सिफारिस गरेको छ।

एमाले इलामले वैशाख ५ गते एकै दिन नगरपालिका र गाउँपालिकाका उम्मेद्वारहरु सिफारिस गर्नका लागि सम्बन्धित संगठन कमिटीहरुलाई निर्देशन गरेको थियो। एक जना भन्दा बढी नाम सिफारिस भएका नगरपालिका, गाउँपालिकाको हकमा प्रदेश कमिटीले वैशाख १० गतेसम्ममा उम्मेद्वारको टुङ्गो लगाउने जिल्ला सचिवालय सदस्य नवराज शंकरले बताए।

नेकपा माओवादी केन्द्रले इलाम नगरपालिकामा प्रवास शर्माको नाम सिफारिस गरेको छ। त्यसैगरी ५ गाँउपालिकाका प्रमुखको समेत टुङगो लगाएको छ।

माओवादी केन्द्रले फाकफोकथुम गाँउपालिकामा राजकुमार राई, रोङ गाँउपालिका नवराज कट्टेल, सन्दकपुर गाँउपालिका प्रेमनाछिरिङ रार्ईलाई गाँउपालिका प्रमुखको रुपमा अगाडी सारेको छ।

त्यसैगरी चुलाचुली गाँउपालिका तुला लावती र माङसेवुङ गाउँपालिका जन्म राईलाई प्रमुखको रुपमा अघि सारेको छ। गाँउपालिका प्रमुखको उम्मेदवारको टुङगो लागेपनि उपप्रमुख र सदस्यहरुको उम्मेदवार छनौट हुन नसकेको माओवादी केन्द्रका कार्यालय सचिव जिवन शर्माले बताए।
त्यस्तै माइ जोगमाइ गाँउपालिका तथा ३ नगरपालिकाको मेयरको उम्मेदवार छनौट हुन बाँकी छ। वैशाख ८ गतेभित्र सबै गाँउपालिका र नगरपालिकाका उम्मेदवारहरुको अन्तिम निर्णय हुने शर्माले बताए।

नेपाली कांग्रेसले भने अहिलेसम्म कुनै पनि गाउँपालिका र नगरपालिकाको उम्मेदवार चयन गर्न सकेको छैन। उम्मेदवारका आंकाक्षी धेरै भएका कारणले उम्मेदवार छान्‍न लामो समय छलफल चलाउनु परेको पार्टी सभापति हिमालय कर्मचार्यले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.