|

सिन्धुली : बीपी राजमार्गअन्तर्गत सिन्धुलीको पिपलभञ्ज्याङमा बुधबार राति सुमो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंबाट बर्दिबास जाँदै गरेको ना १ ज ५४४४ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

मृत्यु हुनेमा जयकुमार यादव र सरोज मण्डल रहेका छन्। घटनास्थलमा नै ज्यान गुमाएका दुईजना पुरुषको टिकटका आधारमा नाम खुले पनि ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायब निरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए।

दुर्घटनामा धनुषा बलबखर–१ निवासी १९ वर्षीय जितनारायण यादव, ४० वर्षीय आश्विन यादव, २० वर्षीय सुरेन्द्र राय यादव र बलबखर–८ निवासी राकेश यादव घाइते भएका छन्। गम्भीर घाइते धनुषाकै सपही–२ निवासी २२ वर्षीय रामवरण मण्डललाई वीरअस्पताल, काठमाडौंमा उपचारका लागि पठाइएको छ। 

अन्य चार जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको, तीन जनाको उद्धार गरी बर्दिवासतर्फ उपचारका लागि पठाइएको छ। उनीहरु वैदेशिक रोजगारीका लागि काठमाडौं गएका र उडान नभएपछि धनुषा फर्किन लागेका थिए 

सुमो घुम्तीबाट करिब तीनसय मिटर तल खसेको प्रहरीले जानकारी दिएकाे छ। 


––––––––– 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.