|
प्रतीकात्मक फोटो

कपिलवस्तु भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भू–भाग नेपालले फिर्ता पाएको छ। नेपालको कपिलवस्तु र भारतको बलरमवापुर जिल्लाको सिमाना साँध मानिएको अर्रा नदीपारिको भू–भाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो।

नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले सो क्षेत्रमा गरेको नापी तथा सर्वेपछि नेपाली भूमि बढेको हो। करिब ३ महिनादेखि जारी जाँचमा अर्रा नदीपारिको वन क्षेत्र, नदी तथा खेतसमेत नेपाली भूमिमा परेको छ। जिल्लाको पश्चिम विजयनगर गाउँपालिका–१ जबाबैराठ छोएर बग्ने अर्रा नदीपारिसमेत नोपाली भूमि बढेपछि त्यहाँ कार्यरत संयुक्त सर्बे टोलीले सबसिड पिलर निर्माण गरी सिमाना छुट्याएको छ।

दुवै मुलुकका प्राविधिक टोलीलिे नक्साअनुसारको सीमारेखा बनाउँदा वर्षौंदेखि भारतीय पक्षले उपभोग गर्दै आएको अधिकांश भूमि नेपालतर्फ परेको छ भने नेपालको केही भाग पनि भारतमा पुगेको छ। नेपाली टोली प्रमुखतथा नापी विभागका अधिकृत निर्मल आचार्यले अर्रा नदीपारि तथा अन्य क्षेत्रमा गरी करिब ५० हेक्टर जमिन नेपालमा गाभिएको बताए। 

दुवै पक्षको सहमतिमा अहिले ती क्षेत्रमा मुख्य पिलर, माइनर पिलर र सब्सिडरी पिलरमध्ये नेपाली पक्षको भागमा परेको जिोर अंकको स्तम्भ निर्माण कार्य जारी रहेको उनले जानकारी दिए। नदी किनारका सीमा स्तम्भ वर्षायाममा बाढीले बगाउने र हराउने कारण ती क्षेत्रमा भारतीय पक्षले वर्षौदेखि जमिन उपभोग गर्दै आएको नापी जाँचमा खटिएका प्राविधिकहरू बताउँछन्।

सिमानासँग जोडिएको कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनको १३ हेक्टर वन क्षेत्र भारतमा परेको छ। वीरनगर भाठाको अर्रा नदीवारिको करिब १३ हेक्टर वन भारततर्फ परेको साझेदारी वनका संयोजक जानकीप्रसाद यादवले बताए। यस्तै वीरनगर भाठाकै अर्रा नदीपारि करिब १५ हेक्टर र जबाबैराठ क्षेत्रमा ४० हेक्टरभन्दा बढी भू–भाग नेपालमा आएको जिल्ला वन कार्यालयका उपसचिव कृष्णराज न्यौपानेले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.