खेलकुद

छैटौंपटक च्याम्पियन्स लिग जित्ने बार्सिलोनाको सपनामा ब्रेक
SHARES

Photo : Goal.com
बैशाख ७, २०७४

    काठमाडौं : पाँच पटकको विजेता बार्सिलोना च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। युभेन्टससँग पहिलो लेगमा ३-० ले हारेको बार्सिलोना दोस्रो लेगमा बराबरीमा रोकिँदा सेमीफाइनल प्रवेश गर्नबाट बञ्चित भयो।

    घरेलु मैदानमा गएराति भएको खेलमा बार्साले कुनै गोल गर्न सकेन। अघिल्लो चरणमा पीएसजीविरुद्ध ४-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको बार्साले यस पटक पनि चामत्कारिक प्रदर्शन गर्ने आशा समर्थकहरुलाई थियो, तर त्यस्तो हुन सकेन।

    यससँगै छैटौँ पटक च्याम्पियन्स लिग जित्ने बार्सिलोनाको सपना तुहिएको छ।

    गएराति नै भएको अर्को बोरुसिया डर्टमुण्डलाई ३-१ ले पराजित गरेको मोनाको पनि सेमीफाइनल पुगेको छ। उसले समग्रमा ६-३ को जित निकाल्यो। गएरातिको खेलपछि प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। रियल मड्रिड, एथ्लेटिको मड्रिड, युभेन्टस र मोनाकोले सेमीफाइनलमा स्थान बनाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]