|
फाइल फोटो

दमक : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बिहीबार झापा आउँदैछन्। माओवादी भ्रातृ संगठन वाईसीएल र अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड झापा आउन लागेका हुन्।

उनले दिउँसो १ बजे बिर्तामोडस्थित धर्मकाँटामा आयोजित सभालाई सम्बोधन गर्ने माओवादी केन्द्र झापाले जनाएको छ। स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा आयोजित सभालाई चुनावी सभाकै रुपमा हेरिएको पार्टीका जिल्ला संयोजक विजय सम्पाङ्गले बताए।

सभामा १५ हजार जनता/कार्यकर्ता उतार्ने माओवादीको लक्ष्य छ। त्यसअघि निस्कने र्‍यालीले बिर्तामोड नगर परिक्रमा गर्नेछ। सभामा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की, नेता गोपाल किराती लगायतले सम्बोधन गर्नेछन्।

झापा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला पनि हो। ओलीको गृहजिल्लामा प्रधानमन्त्रीको चुनावी भाषणलाई महत्वका साथ हेरिएको छ। यसअघि नेपाली काँग्रेसले पनि झापामा चुनावी सभा गरिसकेको छ। एमालेले भने मेचीमहाकाली अभियानका क्रममा सभा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.