|

काठमाडौं : सरकारले धुर्मुस/सुन्तली फाउण्डेसनले महोत्तरीमा निर्माण गरेको एकीकृत नमुना बस्तीको रजिष्ट्रेशन शुल्कमा छुट दिने भएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बर्दिबास नगरपालिकास्थित मुसहर बस्तीमा निर्माण गरिएका घरहरु हस्तान्तरण पछि धनी पूर्जाका लागि पास गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुर छुट दिने निर्णय गरेको हो।

यस्तै बैठकले नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी विमान खरिदका लागि सरकार जमानी बस्ने निर्णय पनि गरेको छ। वायु सेवा निगमले नेपाल कर्मचारी सञ्चय कोषसँग लिन लागेको ऋणमा सरकार जमानी बस्ने भएको हो।

त्यसैगरी बैठकले अन्तर्जातीय विवाह गरेको भन्दै हत्या गरिएका अजित मिजारको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, युरोपेली संघलाई जग्गा खरिद गर्न अनुमति दिने तथा लैंगिक हिंसापीडित स्वर्गीय सुनिता फटिकको उपचारमा लागेको खर्च उपलब्ध गराउने निर्णय पनि गरेको उर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए।

बैठकले विपी कोइरालाको जन्मस्थान सिन्धुलीको दुम्जामा संग्राहलय र पार्क तथा पुष्पलालको जन्मस्थान रामेछापमा पार्क निर्माण सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्नका ५०/५० लाख उपलब्ध गराउने निर्णय पनि सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले बताए।

साथै बैठकले नेपाली सेनाका गौरव कुमार केसीलाई महासेनानी पदमा पदोन्नती गर्नुका साथै प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.