उपप्रमुखको उम्मेदवार धर्म डंगोल

|

काठमाडौं : नेकपा माओवादी केन्द्रले टोखा नगरपालिकामा प्रमुख र उपप्रमुखको उम्मेदवार टु‌ंगो लगाएको छ। विगत चार वर्षदेखि टोखामा पार्टीको नेतृत्व गर्दै आएकी महिला नेतृ कल्पना शर्मालाई प्रमुख र युवा नेता धर्म डंगोललाई उपप्रमुखको टिकट दिइएको माओवादी केन्द्र काठमाडौंले जनाएको छ।

शर्मा माओवादी नेता एवम् पूर्व शिक्षामन्त्री दिनानाथ शर्माकी छोरीसमेत हुन्। उपमेयरको टिकट पाएका डंगोल विद्यार्थी राजनितीमा सक्रिय छन्। पार्टीका काठमाडौं जिल्ला इञ्चार्ज लेखनाथ न्यौपानेले काठमाडौंका अन्य नगरपालिकामा पनि उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुगेको बताए।

'आन्तरिकरुपमा क-कसलाई टिकट दिने भन्ने कुरा लगभग टुंगिइसकेको छ,' न्यौपानेले भने, 'अब एक/दुई ठाँउमा मात्र बाँकी छ।' वैशाख ९ गते देशव्यापी घोषणासभामार्फत सबै उम्मेदवारको नाम सार्वजनिक गरिने न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.