|

चितवन : गोहीको कब्जामा परेपछि कुनै पनि जनावर फुत्किने सम्भावना कमै हुन्छ। ठूलाठूला वन्यजन्तुलाई समेत गोहीले सजिलै मारेका दृश्यहरु हामीले टेलिभजनको पर्दाहरुमा देख्ने गरेका छौँ।

तर आश्चर्य ! गोहीको मुखमा परेका चितवनका एक बालक फुत्किन सफल भएका छन्। घटना गत चैत २५ गतेको हो। भरतपुर महानगरपालिका–२३ जगतपुर घैलाघारीका १३ बर्षीय बालक अर्जुन हरिजन गोहीको मुखबाट फुत्किएका हुन्। अर्जुन सदा झै चितवन निकुञ्जको छेउमा रहेको राप्ती नदीमा साथीहरूसँग पौडी खेल्न गए। 

राप्ती नदी उनको पानी पँधेरो हो र त्यही गोहीको बासस्थान पनि। अपराह्न ३,४ बजेको हुँदो हो। लुगा नदी तीरमा राखेर अर्जुन हाम फाले। गोही लेउले ढाकेको ठाउँमा बसेको रहेछ। उनी गोहीको पिठ्युँमा बजारिन पुगे। ‘लेउ भन्ठानेर हाम फालेको, गोहीको पिठ्युँ परेछ’ अर्जुनले सम्झिए, उसको जिउमा पर्नेबित्तिकै झ्याप्पै हात छोपेर समात्यो।’

 

यो पनि पढ्नुहोस्

गोहीको मुखबाट यसरी फुत्किए चितवनका १३ वर्षीय बालक


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.