|

लहान : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिरहाको लहानमा स्थानीय तह निर्वाचनको विरोधमा बिहीबार अपरान्ह लाठी तथा सिट्टी जुलुस निकालेको छ।   

मोर्चाका कृष्णबहादुर यादव, प्रयागलाल यादव, राकेश झा लगायत नेताहरुको नेतृत्वमा लहानस्थित पशुपति मा.वि.को प्राङ्गणबाट निस्किएको जुलुस बजार परिक्रमा गरी सहिद रमेश महतो चोकमा आएर कोणसभामा परिणत भएको थियो।

कोणसभामा मोर्चाका नेताहरुले संविधान संशोधन बिना नै हुने स्थानीय चुनाव बिथोल्ने चेतावनी समेत दिए। मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार सिरहाको लहान, गोलबजार र मिर्चैयामा र्‍यालीसहित लाठी र सिट्टी जुलुस गरिएको मोर्चाका जिल्ला संयोजक बादलप्रसाद यादवले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.