|

काठमाडौं : भारतीय कम्पनी गणगोर फुड्स एण्ड सर्भिसेजले गोणगोर होटलको शाखा नेपालमा पनि विस्तार गरेको छ। भारतका १० स्थानमा शाखा विस्तार गरेको यो होटल भारत बाहेकका देशमा पहिलो पटक नेपालमा विस्तार गरिएको हो। भारतीय पर्यटक र शाकाहारी ग्राहकका लागि लक्षित गरेर ५ करोड लगानीमा होटल सञ्चालनमा ल्याइएको कम्पनीका सल्लाहकार गोपाल शर्मा जगाईले बताए ।

२०४० सालमा भारतको कोलकातामा पहिलो पटक होटल गणगोर सञ्चालनमा आएको थियो। होटलमा शतप्रतिशत शाकाहारी परिकारहरू पाइने प्रालिका सञ्चालक सल्लाहकार गोपाल शर्मा जोगाईले बताए। होटलमा कोलकताका प्रसिद्ध ८० प्रकारका मिठाई, २० प्रकारका नमकिन, ड्राइफुड, इटालियन कफी लगायतका परिकारहरू उपलब्ध हुनेछन्। यसबाहेक होटलमा विहानको खाजा, लञ्च, डिनर, हाई टी, बार आदिको व्यवस्था रहेको छ। कम्पनीले सुरुवातमा ४० जनालाई रोजगारी दिएको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.