समाज

छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ
SHARES

बैशाख ७, २०७४

    पाँचथर : ६ महिनादेखि छोरी बलात्कार गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन्। १४ वर्षकी साइली छोरीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षिय व्यक्ति पक्राउमा परेका हुन्।

    उनी विरुद्ध जबर्जस्ती करणी तथा हाड्नाता करणी सम्बन्धि मुद्धा दर्ता भएको छ। यस मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    गत शनिबार साँझ मदिरा सेवन गरेर घर आएपछि उनले छोरी बलात्कार गरेको र पीडितले यस घटना कान्छी बहिनीलाई भनेपछि रहस्य खुलेको प्रहरीले जानकारी दियो। जिल्ला प्रहरी प्रमुख डीएसपी नकुल पोख्रेलका अनुसार पीडित बालिकाको आफन्तले दिएको उजुरीका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको हो।

    मदिरा सेवन गरी आएपछि बुबाको यौन इच्छा पुरा नगराउँदा कुटपिट पनि सहनु पर्ने बयान पीडित बालिकाले प्रहरीसामु दिएको डीएसपी पोखरेलले बताए।बालिकाको स्वास्थ्य परीक्षण गराउँदा जिउमा निलडाम पनि देखिएको डीएसपी पोख्रेलले बताए।

    बालिकालाई स्वास्थ्य परीक्षणपछि घर पठाइएको छ। उनी अहिले हजुरबुबा र हजुरआमासँग बस्दै आएकी छिन्। पीडित बालिकाकी आमा वैदेशिक रोजगारीको क्रममा दुबईमा छिन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]