|

कालिकोट : नरहरिनाथ गाउँपालिका–१ लालिघाटमा ढुंगा खसेर लाग्दा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ढुंगाले  लागेर नरहरिनाथ गाउँपालिका–२ का ४० वर्षीय गोख बिक, ३५ वर्षीया धना बिक, १३ वर्षीया बासपुरा बिक, र सान्नी त्रिवेणी गाउँपालिकाका लोकबहादुर केसीको मृत्यु भएको हो। सान्नी त्रिवेणी गाउँपालिकाकी १४ वर्षीया भावना देवकोटा घाइते भएकी छिन्।

बिहीबार साँझ लालीघाट बजारबाट फर्किने क्रममा उनीहरूमाथि एक्कासी माथिबाट ढुंगा खसेको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.