राजनीति

मोर्चासँग बालुवाटारमा प्रधानमन्त्रीको निर्णायक वार्ता
SHARES

बैशाख ८, २०७४

    काठमाडौं : सत्तारुढ दलहरु र मधेसी मोर्चाबीच अहिले बालुवाटारमा वार्ता भइरहेको छ। स्थानीय तह निर्वाचन निकै नजिक आइसकेका बेला निर्णायक छलफलका लागि भन्दै प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बालुवाटार बोलाएका हुन्।

    वार्ताका लागि मोर्चा आबद्ध 'राष्ट्रिय जनता पार्टी' राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा तथा संघीय समाजवादी फोरम नेपालबाट अशोक राई, राजेन्द्र श्रेष्ठ लगायत नेता बालुवाटार पुगेका छन्। फोरम अध्यक्ष उपेन्द्र यादव भने वार्तामा सहभागी छैनन्।

    मोर्चामा यसअघि ७ दल थिए। बिहीबार ६ वटा दल एकीकरण भएर राजपा गठन भएपछि दलको संख्या २ मा झरेको हो।

    वार्तामा सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शेखर कोइराला तथा माओवादी केन्द्रबाट वर्षमान पुन अनन्त लगायत सहभागी छन्।

    प्रधानमन्त्रीले निर्वाचनबारे मोर्चाको स्पष्ट धारणा बुझ्न खोजेको उनको सचिवालयले जानकारी दियो। मोर्चा सहभागी हुने अवस्थामा स्थानीय निर्वाचन २ चरणमा गर्ने मनस्थितिमा उनी छन्। मोर्चा नआउने भए एकै चरणमा निर्वाचन गर्ने तयारी छ।

    यद्यपी मोर्चाले भने आफ्नो माग पूरा नभएको भन्दै निर्वाचन बहिष्कारको घोषणासहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]