|

काठमाडौं : भारतको पाँचदिने औपचारिक भ्रमण सकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार स्वदेश फर्किँदैछिन्। उनी साँझ स्वदेश फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 

स्वदेश फर्किनुअघि भण्डारीले उडिसा राज्यस्थित जगन्नाथ मन्दिर पुगेर पूजाआराधना गर्ने कार्यक्रम छ। उनी ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै यही गत सोमबार भारत भ्रमणमा गएकी थिइन्। 

भारत बसाइका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरेकी थिइन्। भण्डारीले बिहीबार उडिसाको राजधानी भुवनेश्वरमा मिसन शक्ति नामक संस्थाद्वारा आयोजित महिला सशक्तिकरण विषयको समारोहलाई सम्बोधन गरेकी थिइन्।

राष्ट्रपतिको भ्रमण टोलीमा सामेल रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत बुधबार नै नेपाल फर्किएका थिए। राष्ट्रपति भारत गएको दिन सार्वजनिक विदा दिएको सरकारले चौतर्फी विरोधका कारण फर्किने दिनको विदा भने फिर्ता लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.