|

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा करेण्ट लागेर बिहीबार एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। 

हल्दुखालस्थित स्थानीय दीपेन्द्र महराको घरको माथिल्लो तला बनाउने क्रममा काम गरिरहेका बेला करेण्ट लागेर वेदकोट नगरपालिका–५ धरमपुरका २३ वर्षीय पङ्कज रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निरीक्षक मोहन साउदले जानकारी दिए। घरको छतमा काम गर्ने क्रममा विद्युत् प्रसारण लाइन छुन पुग्दा उनको मृत्यु भएको हो। 

सोही घटनामा घाइते भएका धरमपुरका मनोज चौधरीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि चौधरीलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.