|

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि आवश्य सामाग्री वैशाख १० गतेभित्र सबै जिल्लामा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले निर्वाचनका लागि आवश्यक ६७ प्रकारका सामाग्रीमध्ये मतपत्रबाहेक अन्य सामाग्री वैशाख १० गतेभित्र सम्पूर्ण जिल्लाको निर्वाचन कार्यलयमा पुर्‍याउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

आयोगले मतपेटिका, स्टेशनरी सामाग्री, मतदाता नामावली लगायतका निर्वाचन सामाग्री ढुवानीको काम आइतबारबाटै सुरु गरेको थियो। निर्वाचनका लागि आयोगले ३० हजार मतपेटिका चीनबाट खरिद गरेको थियो।

निर्वाचन सामाग्री पुर्‍याउन आवश्यक भएका तराईका केही जिल्लामा सुरक्षा जनशक्तिसमेत परिचालन गरी सामान ढुवानी भइरहेको प्रवक्ता शर्माले जानकारी दिए। वैशाख १० गते ७५ जिल्लाकै सदरमुकाममा निर्वाचन सामाग्री पठाउने र त्यहाँबाट २७ गतेभित्र सम्पूर्ण मतदान केन्द्रमा सामाग्री पठाउने आयोगले जनाएको छ। '२७ गतेभित्र निर्वाचन सामाग्री मतदान केन्द्रमा नपुगे निर्वाचनका लागि कठिन हुन्छ, आयोगले समयावधि ख्याल गरेर समयमै सामाग्री पुर्‍याउने काम गरिकोरहेको छ', प्रवक्ता शर्माले भने।

मतपत्र आजै छापिसक्ने

निर्वाचन आयोगले मतपत्र शुक्रबारनै छापिसक्ने बताएको छ। ७३ जिल्लाको मतपत्र छापिसकेको आयोगले बाँकी दुई जिल्लाको मतपत्र शुक्रबार अपराह्नसम्म छापिसक्ने भएको हो। 'आज बेलुकासम्म मतपत्र छपाइको काम सम्पन्न हुन्छ,' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने।

आयोगले प्रत्येक जिल्लामा प्रयोग हुने मतपत्र को नमूना सार्वजनिक गरिसकेको छ। मतदाता १ कराेढ ४० लाख ५४ हजार ४ सय ८२ रहेकाले आयोगले त्यसको दोब्बर स‌ंख्या अर्थात २ करोड ८१ लाख ८९ हजार  ६४ संख्यामा मतपत्र छापेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.