राजनीति : स्थानीय निर्वाचन २०७४

निर्वाचन तयारीमा मधेसी दलहरुको समेत सहयोग छ : आयोग
SHARES

बैशाख ८, २०७४

    काठमाडौं : निर्वाचन आयोगले चुनावी तयारीका क्रममा देशका कुनै पनि ठाउँमा अवरोध नरहेको जनाएको छ।

    कान्तिपथस्थित आयोगको कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त इला शर्माले मधेसका जिल्लाहरुमा समेत निर्वाचनको काममा अवरोध पुर्‍याउने खालको कुनै गतिविधि नभएको जानकारी दिइन्।

    मधेसकेन्द्रित दलहरुले समेत निर्वाचन सफल बनाउन सहयोगी भूमिका खेलिरहेको भन्दै उनले उनीहरु पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरिन्। 

    अहिले निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने काम भइरहेको उनको भनाइ छ। आयुक्त शर्माले मतदाता परिचय पत्र वैशाख २७, २८ र २९ गते सम्बन्धित निर्वाचन केन्द्रमार्फत नै वितरण हुने जानकारी दिइन्।

    निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ४० लाख ५४ हजार ४ सय ५२ रहेको आयोगले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]