|

सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानले आसन्न वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी शुक्रबारबाट लागू हुने गरी एनजिओ आइएनजिओलाई गाउँ नजान निर्देशन दिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले जिल्लामा क्रियाशील विभिन्न संघ संस्थालाई निर्वाचन अवधिभर गाउँ नजान निर्देशन दिएको हो। शुक्रबार ८ गतेदेखि लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि कुनै पनि संघ संस्था गाउँमा जान नदिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीडर टन्डनले जानकारी दिए।

 जिल्ला प्रशासन कार्यालय सल्यानमा जिल्लामा क्रियाशील विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधिहरुको बैठकमा गाउँ जान नदिने निर्णय भएको हो। आवश्यक कुनै कार्यक्रम गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको अनुमित लिएर मात्र गर्न पाइने निर्णय भएको टन्डनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.