साइकल चलाउनेलाई प्रतिकिमी ५ रुपैयाँ, सेवाग्राहीलाई सरकारी कर्मचारीको नमस्कार

|

काठमाडौं : २१ वर्षीय नेतृ रञ्जु दर्शनालाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको विवेकशील नेपाली पार्टीले १३ वर्षभित्र काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने परिकल्पनासहित 'चुनावी घोषणापत्र' सार्वजनिक गरेको छ। यद्यपी यो घोषणा वा प्रतिबद्धताको रुपमा नभइ परिकल्पनाको ढाँचामा छ।

काठमाडौंलाई सन् २०३० मा विश्वकै चर्चित टाइम म्यागेजिनको कभरमा समावेश गर्ने लक्ष्यसहितको घोषणापत्रमा विभिन्न ५ किसिमका अवधारणा समावेश गरिएको छ। जसलाई झन्झटमुक्त र सुविधायुक्त सहर, गरिखाने उद्यमशील सहर, धुलोधुवाँमुक्त हराभरा सहर, हिँडूँहिँडूँ लाग्ने झिलिमिली सहर र विविधता झल्कने विविधतायुक्त सहर उपशीर्षकमा सचित्र व्यख्या गरिएको छ। 

विवेकशील नेपालीका परिकल्पनाहरु तस्बिरमा :

 

सन् २०३० मा काठमाडौंलाई टाइम म्यागेजिनको कभर स्टोरी बनाउने सपना माथिको तस्बिरमा देख्न सकिन्छ।

 

यहाँ एक युवतीले झण्डा बोकिरहेको तस्बिर छ। यो सन् २०३० को टाइम म्यागेजिनको कभर पृष्ठ हो। यसमा 'संसारकै सुन्दर सहर काठमाडौं' शीर्षकमा कभर स्टोरी प्रकाशित छ। 

'मेरो सरकार, सेवक सरकार !' नारा भित्तामा लेखिएको यो तस्बिर १३ वर्षपछिको काठमाडौं महानगरपालिका वडा नम्बर १४ को कार्यालयको हो। जहाँ सरकारी कर्मचारीले सेवाग्राहीलाई नमस्कार गरिरहेका छन्।

त्यसमाथि एउटा पत्रिकाको कटिङ पनि राखिएको छ, जसमा 'भ्रष्टाचारमाथि लिएको शून्य सहनशीलता विश्वका लागि नमूना हुने' भन्ने समाचार शीर्षक देखाएर भ्रष्टाचार मुक्त काठमाडौंको परिकल्पना गरिएको छ।

 

माथिको तस्बिरमा केही समाचारहरु छन्। यी पत्रिकाहरु ७ फेब्रुअरी २०३० का हुन्। जसमा सकारात्मक समाचारहरु मात्रै प्रकाशित भएको देख्न सकिन्छ।

काठमाडौं हराभरा हुनेछ। मेट्रो रेल र बिजुलीबाट साझा बस चल्नेछन्। नेपाली उत्पादनहरुले प्रोत्साहन पाउनेछन्। सडकमा अन्य सवारीसँगै साइकलको लेन पनि हुनेछ।

फोहोरहरु फालिने मात्र छैनन्, पुन: प्रयोग हुनेछ। जहाँ फरक/फरक प्रकृतिका फोहोरका लागि फरक/फरक डस्बिन राखिएको हुनेछ।

काठमाडौं उद्यमशील पनि हुनेछ। फेसबुकका मालिक मार्क जुकरबर्ग नै नेपाल आएर नेपाली युवासँग सहकार्य गरिरहेको माथिको तस्बिरमा देख्न सकिन्छ।

काठमाडौं २४ घण्टै खुल्ला रहनेछ। तस्बिर १३ वर्षपछिको घण्टाघर मार्गको हो, जहाँ रातको समयमा पनि उत्तिकै चहलपहल देख्न सकिन्छ। 

अर्को रोचक कुरा के भने, काठमाडौंलाई साइकल सिटीको रुपमा विकास गरिनेछ। माथिको तस्बिरमा रहेको एउटा सानो बोर्डमा लेखिएको छ, 'साइकल चलाउँ, पैसा कमाउँ' रु. ५ प्रतिकिमी। अर्थात् तपाईंले १ किलोमिटर साइकल कुदाएबापत् ५ रुपैयाँ कमाउनुहुनेछ।

साथै उर्जा प्लस काठमाडौं भनेर प्रतिक्षालयमा पनि सोलार जडान गरिएको देखाइएको छ।

काठमाडौं हिँडडुल गर्न र रमाउन योग्य हुनेछ। हिँड्न योग्य मात्र हुनेछैन, प्रविधिमैत्री पनि हुनेछ, माथिको स्मार्टफोनमा हेर्नुहोस् त ... ।

थप पर्यटक लोभ्याउनका लागि काठमाडौंमा साँस्कृतिक प्रस्तुतिहरु देखाइने छ। यसले संस्कृतिको प्रचार/प्रसार त हुनेछ नै थुप्रैले रोजगारी पनि पाउनेछन्। 

 

र, अन्त्यमा फ्रान्सका मेयरले त्यहाँको सहर रुपान्तरणका लागि काठमाडौंसँग सल्लाह लिन लागेको सपना देखिएको छ। 

 

हेर्नुहोस् पूरा परिकल्पना :

माथिका तस्बिरहरु सबै विवेकशील नेपालीका परिकल्पना मात्रै हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • ekdam sahi parikalpana gariyako rahexa.eskalagi ma whole unit lai salaam thokna chanxu.but......matra khokra vasan ra ghosanapatrama matra simit narakhidinus ....kaam garera dekhaunu....janata le esta byekti ra party lai hera chanxan...thanks best of luck.