समाज

युवक हत्याको आरोपमा दाजु र भाउजु पक्राउ
SHARES

बैशाख ८, २०७४

    लहान : भाइको हत्या गरेको आरोपमा प्रहरीले मृतकका दाजु भाउजुलाई पक्राउ गरेको छ। सिरहाको मिर्चैया नगरपालिका ८, फूलबरीया मझाउका २७ वर्षका प्रदीप रायको हत्याको अभियोगमा दाजु फुलगेन र भाउजु निरोदेवीलाई प्रहरीले पक्राउ गरेको हो।

    राजधानी काठमाडौंस्थित गौशालामा पछिल्लो १५ वर्षदेखि वैदेशिक रोजगारीमा जानेहरुका लागि प्रतिज्ञा म्यानपावर एजेन्सी सञ्चालन गर्दै आएका प्रदीप फागुन १७ गते राती साढे नौ बजे घरमा खाना खाएर १० बजेतिर सुतेका थिए। सुतेको दुई घण्टा नबित्दै प्रदीप सुतेको कोठामा आगो लागेको र जलेर उनको मृत्यु भएको  प्रहरीले बताएको छ। प्रदीप साथीको भतिजको विहेको निम्तो मान्न काठमाडौंबाट घर आएका थिए। । 

    घटनाको अनुसन्धानको क्रममा प्रदीपको आफ्नै दाजु फुलगेन र भाउजु निरोदेवीको योजनामा हत्या भएको देखिएकले दुवैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बज्राचार्यले बताए। घटनापछि हत्यामा संलग्न अपराधी पत्ता लगाउन पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, केन्द्रीय अनुसन्धान ब्यूरो र स्थानीय प्रहरीहरुलाई परिचालन गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]