राजनीति : स्थानीय निर्वाचन २०७४

सल्यानको कुपिण्डे नगरपालिकामा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखको टुंगो लगायो
SHARES

बैशाख ८, २०७४

    सल्यान : नेकपा माओवादी केन्द्र सल्यानले कुपिण्डे बनगाड नगरपालिकाको प्रमुखमा कर्णबहादुर बुढाथोकीलाई अघि सारेको छ। कुपिण्डे बनगाड नगरपालिकाको बैठकले बुढाथोकीलाई सर्वसम्मत प्रमुखको उम्मेदवारको रुपमा अघि सारेको हो।

    सल्यान कुपिण्डे वनगाड नगरपालिका वडा न ३ निबासी बुढाथोकी पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजकको रुपमा कार्यरत रहँदै आएका छन्। उनी पार्टीभित्र निकै इमानदार, कर्तव्यनिष्ठ र कुशल नेतृत्वका रुपमा स्थापित छन्।

    यस्तै, उप प्रमुखमा मन्जु ऐरी सर्वसम्मत उम्मेदवार बनेकी छन्। पूर्वजनमुक्ति  सेनाको कमान्डर रहेकी थिइन्। केन्द्रले अन्य नगर तथा गाउँपालिका पनि धमाधम उम्मेदवार सिफारिस गरिरहेको जनाएको छ। ९ वैशाखमा माओवादी केन्द्रले देशभरि उम्मेदवार र घोषणापत्र सार्वजनिक गर्दै छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]