|

चितवन : मालपोत कार्यालय चितवनका दुई कर्मचारी र एक जना लेखापढी व्यवसायी घुस खाएको आरोपमा पक्राउ परेका छन्। शुक्रबार पक्राउ पर्नेमा मालपोत कार्यालयका नायव सुब्बा मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी व्यवसायी फडिन्द्रराज तिवारी रहेका छन्।

निरौलाले चितवन चण्डीभञ्ज्याङका विर्खलाल गुरुङको हजुरबुबाको नामको जग्गा हजुरआमाको नाममा नामसारी गर्ने क्रममा नाममा मणि र मनि नमिलेको भन्दै ६ हजार रुपैयाँ मागेको आरोप छ।

 त्यस्तै कम्युटर अप्रेटर तिवारीले ५ सय रुपैयाँ लिएको आरोप छ। लेखापढी व्यवसायीले विचौलीयाको काम गरेको आरोप छ। जिल्ला प्रशासन कार्यालयका वजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार संरक्षण मञ्च, जिल्ला प्रहरी सहितको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ। चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले उनीहरुलाई कारवाहीका लागि आइतबार जिल्ला प्रशासन कार्यालय पठाउने जानकारी दिए।

विप्लव कार्यकर्ता पक्राउ

भरतपुरको चौविसकोठीमा ट्राफिक जनचेतनाका लागि निर्माण गरिएको डिजिटल सूचना बोर्ड तोडफोड गरेको एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी सप्तगण्डकी क्याम्पस ईकाईका अध्यक्ष सुरेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक थापाका अनुसार पौडेल सहित तीन जनाले शुक्रबार राति १२ बजे सूचनाबोर्ड तोडफोड गरेका हुन्। फरार अन्य दुईको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.