|

काभ्रेपलाञ्चोक : जिल्लाको धुलिखेलमा शुक्रबार मध्यमाञ्चल स्तरीय सुरक्षा स्म्बन्धी गोष्ठी भएको छ। बैशाख ३१ को स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गृह मन्त्रालयले मध्यमाञ्चल स्तरीय सुरक्षा गोष्ठी गरिएको हो।

गोष्ठीमा सचिव लोकदर्शन रेग्मीले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर स्वर्णिम अध्याय थप्नुपर्ने बताए। ‘अब हुने निर्वाचनलाई आफ्नो कर्तव्य पथमा लागेर सुरक्षा निकायले महत्वपूर्ण भूमिका खेल्नुपर्ने छ, त्यसको लागि आफ्नो जिम्मेवारी बहन गर्दै कर्तब्य पथमा डटेर लाग्नुस्' रेग्मीले भने, ‘तपाईंको उक्त कामले नै स्वर्णिम अध्याय थप्नेछ।'

उनले सुरक्षाको लागि खटिने सुरक्षाकर्मीलाई बाहिरबाट हनुमानको जस्तो शक्ति दिइरहने बताउँदै त्यसको लागि ढुक्क भएर लाग्नु निर्देशन समेत दिए। ‘हनुमानको जस्तो शक्ति हामीले बाहिरबाट दिइरहेका हुनेछौं, तपाईहरु ढुक्क भएर लाग्नुहोस्' गृहसचिव रेग्मी भने। उनले सो अवसरमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुबाट आउन सक्ने ब्यवहारिक कठिनाई, नियमको अस्पष्टता र निर्देशिकाबारे गोष्ठीमा प्रष्ट पार्ने बताए।

रेग्मीले सुरक्षाको बेला खटिने सुरक्षाकर्मीहरुलाई बन्दोबस्ती र स्रोत साधनको कुनै समस्या आउन नदिने समेत प्रतिबद्धता जाहेर गरे। त्यसको लागि आवश्यकता अनुसार प्रचलित मापदण्डलाई समेत मिचेर गर्दा हुने अवस्था छ भने त्यसलाई समेत प्रयोग गरेर अभावको महसुस गर्न नदिने गृहसचिव रेग्मीको भनाई छ।

कार्यक्रममा गृह प्रवक्ता बालकृष्ण पन्थीले मध्यमाञ्चलस्तरिय सुरक्षा गोष्ठीमा हुने विषयको वारेमा जानकारी गराए। उक्त गोष्ठीमा मध्यमाञ्चल भित्रका ११ जिल्लाका चार वटा नै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.